ओलीलाई सुदूरपश्चिम दलका नेता शाहको जवाफ- बजेटका लागि माओवादी सरकारलाई समर्थन (पूर्णपाठ) – Nepal Press

ओलीलाई सुदूरपश्चिम दलका नेता शाहको जवाफ- बजेटका लागि माओवादी सरकारलाई समर्थन (पूर्णपाठ)

कैलाली । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाश शाहले पार्टी केन्द्रीय कमिटीलाई स्पष्टीकरणको जवाफ बुझाएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले दलका नेता शाहलाई ८ बुँदे स्पष्टीकरण सोधका थिए । शाहले त्यसको जवाफ ७ बुँदामा फर्काएका छन् ।

शाहले आफूमाथिको आरोप खण्डन गरेका छन् । उनले संसदीय दलको निर्णयअनुसार नै माओवादी नेतृत्वको सरकारलाई समर्थन गरेको जिकिर गरेका छन् ।

‘सुदूरपश्चिम संसदीय दलको विधान २०७८ को कुनै निर्देशन उल्लङ्घन गरेको छैन । यदि कहि कतैबाट यस्तो कार्य मबाट हुन गएको भनी सूचना प्रेषित भएको भए त्यो निराधार एवम् पूर्वाग्रह पूर्ण मात्र हुन सक्छ’ शाहले जवाफमा भनेका छन् ।

यसअघि उनले प्रदेश अध्यक्ष कर्ण थापा र राजेन्द्र रावललाई दिएको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएपछि केन्द्रीय कमिटीले स्पष्टीकरण सोधेको थियो ।

केन्द्रले समर्थन फिर्ता लिइसकेको अवस्थामा विपक्षी दलको प्रदेश सरकारको मन्त्री पदमा रहेको, गुटका भेलामा सहभागी हुने र अरूलाई समेत सहभागी हुन उत्प्रेरित गर्ने गरेको उनीमाथि आरोप थियो ।

शाहले स्पष्टीकरणमा नीति तथा कार्यक्रम र बजेट ल्याउनु पर्ने भएको हुँदा माओवादी नेतृत्वको सरकारलाई समर्थन कायम राख्ने निर्णय गरेको भन्दै केन्द्रको नीति निर्देशन अवज्ञा नगरेको दावी गरेका छन् ।

ओलीले शाहसँग संसदीय दलको विधान समेतको आधारमा पार्टीको साधारण सदस्य समेत नरहने गरी किन निष्कासन नगर्ने ? भन्दै चित्तबुझ्दो जवाफ मागेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर