बहसमा अग्नि खरेल- हरिकृष्णले बस्दिन भन्दा हुने, तेजबहादुर र बमकुमारले बस्छौं भन्दा किन नहुने ? – Nepal Press

बहसमा अग्नि खरेल- हरिकृष्णले बस्दिन भन्दा हुने, तेजबहादुर र बमकुमारले बस्छौं भन्दा किन नहुने ?

काठमाडौं । महान्यायाधिवक्ताबाट राजीनामा दिएपछि संवैधानिक इजलासमा सरकार पक्षको वकिलका रूपमा उभिएका वरिष्ठ अधिवक्ता अग्नि खरेलले न्यायाधीशहरू दीपक कार्की र आनन्दमोहन भट्टराईमाथि नैतिक प्रश्न उठाएका छन् ।

खरेलले यसअघि संवैधानिक इजलासमा रहेका दुई न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठको निष्ठामाथि प्रश्न उठाउनु गलत थियो भन्दै अब इजलासमा बस्न तयार छौं भनेका न्यायाधीश नपर्नुको कारण माग गरे ।

खरेलले भने, ‘उहाँहरुले अस्ति गरेको कुरा न्यायिक रूपमा के हो ? कागज हो कि आदेश हो ? हरिकृष्ण श्रीमानले इजलासमा बस्दिन भनेर आदेश गर्दा चाहिँ मान्ने तर तेजबहादुर केसी र बमकुमारले इजलासमा बस्नु नपर्ने कारण छैन भनेर गरेको आदेश किन कार्यान्वयन नहुने ? प्रधानन्यायाधीशलाई यसमा कहाँनेर समस्या भयो ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर