संवैधानिक इजलासमा न्यायाधीश कार्की र भट्टराई बस्न नमिल्ने वरिष्ठ अधिवक्ता पन्तको जिकिर – Nepal Press

संवैधानिक इजलासमा न्यायाधीश कार्की र भट्टराई बस्न नमिल्ने वरिष्ठ अधिवक्ता पन्तको जिकिर

काठमाडौं । संवैधानिक इजलास गठन पुनःविवादमा परेको छ । यसअघि रिट निवेदक शेरबहादुर देउवा पक्षका वकिलले दुई न्यायाधीश तेजवहादुर केसी र बमकुमार श्रेष्ठमा आपत्ति जनाएपछि विवादमा परेको थियो ।

आइतबार पुनर्गठित इजलासमा केसी र श्रेष्ठको विपक्षमा राय दिएका न्यायाधीश दिपक कार्की र आनन्दमोहन भट्टराई दोहोरिएपछि सरकार पक्षका वकिलले असहमति जनाएका छन् ।

महान्यायाधिवक्ता रमेश बडाललगत्तै बहसमा उत्रिएका वरिष्ठ अधिवक्ता सुशील पन्तले यो इजलासमा कार्की र भट्टराई बस्न नमिल्ने जिकिर गरे । उनले संवैधानिक इजलासमा रहने अन्य न्यायाधीशको विकल्प रहेको भन्दै अस्ति अलग राय दिएका न्यायाधीश बस्न नमिल्ने बताए ।

पन्तले भने, ‘दुईजना न्यायाधीशले अस्तिको (नेकपा सम्बन्धी) मुद्दाको उप उत्पादन यो मुद्दा हो भन्नुभएको छ । यसको सोर्स अफ नलेज के हो ? न्यायाधीशलाई लाग्यो भनेर भएन इजलासलाई प्रष्ट पार्नुपर्‍यो, जनतालाई भन्नुपर्‍यो । उप उत्पादन हो भने कसरी हो ?

यो मुद्दा र त्यो मुद्दाको विपक्षी नै अलग छ । अर्को कुरा एउटा न्यायाधीशले आफूले हेर्छु हेर्दिन भन्न पाउँछ । तर, फलानोले हेर्छ भने म हेर्दिन भन्न पाइँदैन ।

पन्तले कुनै न्यायाधीशले हेर्ने मुद्दा म हेर्दिन भनेर दुई न्यायाधीशले भनेको भन्दै यसमाथि प्रश्न उठाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर