कर्णाली सरकारमा कांग्रेसका दुई मन्त्रीको सपथ आज, १३ बूँदे आचारसंहितामा हस्ताक्षर – Nepal Press

कर्णाली सरकारमा कांग्रेसका दुई मन्त्रीको सपथ आज, १३ बूँदे आचारसंहितामा हस्ताक्षर

सुर्खेत । कर्णाली प्रदेशमा तेश्रो दलको रुपमा रहेको नेपाली कांग्रेस आजदेखि सरकारमा सहभागी हुने भएको छ । शुक्रबार सरकारमा सहभागी हुने निर्णय गरेको कांग्रेसले आफ्ना दुई सांसदलाई १३ बूँदे आचारसंहितामा हस्ताक्षर गराएको छ ।

नेकपा माओवादी केन्द्रसँग सत्ता साझेदार गर्दै कांग्रेसले सामाजिक विकास मन्त्रीमा सुर्खेतका यज्ञबहादुर बुढा क्षेत्री र उर्जा जलस्रोत मन्त्रीमा जुम्लाका दीनबन्धु श्रेष्ठलाई सरकारमा पठाउने निर्णय गरेको हो । दुवै जनाले संसदीय दलको बैठकमा भ्रष्टाचारमा शुन्य सहनशिलता अपनाउने प्रतिबद्धता जनाएका छन् ।

मन्त्री बन्न लागेका दुई सांसदलाई कांग्रेसले आर्थिक अनुशासन कायम गर्नुपर्ने, स्वच्छता, मीतव्ययितता, शादा जीवनशैली अपनाउनु पर्ने विषय उल्लेख भएको आचारसंहितामा हस्ताक्षर गराएको हो । सरकारमा सहभागीहरुले दान, उपहार, पुरस्कार, चन्दा वा निजी सेवा, सुविधा, लाभ र अस्वभाविक निमन्त्रणालाई स्वीकार गर्न पाइने छैन ।

मन्त्रालयसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा कोही कसैसँग व्यवसायिक साझेदार, सहयोगी बन्न तथा व्यवसाय गर्दा गर्न पनि कांग्रेसले प्रतिवन्ध लगाएको छ ।

कसैको स्वाभिमान र अस्तित्वमाथि खलल हुने कुनै पनि कार्यलाई निरुत्साहित गर्नुपर्नेशर्तको पनि मन्त्रीहरुले पालना गर्नुपर्ने भएको छ भने कानुनले बर्जित गरेका कुनै पनि आचरण विपरित हुने कार्यहरु गर्न नपाइने आचारसंहितामा उल्लेख छ ।

यसैबीच, प्रदेश सरकारले यी दुवै मन्त्रीलाई आइतबार दिउँसो सपथग्रहण गराउने तयारी गरेका छन् । दुइ मन्त्रीले सपथ गरेपछि प्रदेश सरकारमा ८ जना मन्त्री हुने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर