अज्ञात व्यक्तिको गोली प्रहारबाट सिरहामा एकजना घाइते – Nepal Press

अज्ञात व्यक्तिको गोली प्रहारबाट सिरहामा एकजना घाइते

जनकपुरधाम । सिरहाको मिर्चैया नगरपालिका-५ मा एक पुरुषमाथि अज्ञात समूहले गोली प्रहार गरेका छन् । गोली लागेर सोही ठाउँका रामसागर साफी घाइते भएका हुन् ।

साँझ करिब ८ बजेतिर उनीमाथि दुई गोली हानेर अपरिचित व्यक्तिहरु भागेका छन् । साफीको हात र तिघ्रामा गोली लागेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

साफीको उपचार मिर्चैयाकै एक अस्पतालमा भइरहेको छ । गोली चलाउने व्यक्तिहरुको खोजी सुरु गरेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *