फेरि बढ्यो पेट्रोल-डिजेलको भाउ – Nepal Press

फेरि बढ्यो पेट्रोल-डिजेलको भाउ

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

आज रातिदेखि लागु हुने गरी पेट्रोलमा २ रुपैयाँ , डिजेलमा २ रुपैयाँ, मट्टितेल र हवाइ इन्धनको प्रतिलिटर २–२ रूपैयाँले बढाएको छ ।

अब नयाँ मूल्य अनुसार डिजेल र मट्टितेल प्रतिलिटर १ सय ८ रूपैयाँ, पेट्रोल प्रतिलिटर १ सय २५ रूपैयाँ पुगेको छ । हवाइ इन्धन आन्तरिकतर्फको नयाँ मूल्य प्रतिलिटर ८० रूपैयाँ पुगेको छ ।

१५ दिनमै १ अर्ब १० करोड घाटा हुने भएपछि निगमले तेलको मूल्य बढाएको हो ।                                         


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर