रंगरोगन गर्ने क्रममा मेसिन विस्फोट हुँदा एकको मृत्यु – Nepal Press

रंगरोगन गर्ने क्रममा मेसिन विस्फोट हुँदा एकको मृत्यु

रुपन्देही । रंगरोगन गर्ने क्रममा कम्प्रेसर मेसिन विस्फोट हुँदा बाँकेको नेपालगञ्जमा एक जनाको मृत्यु भएको छ । घटनामा परी अन्य दुईजना घाइते भएका छन् ।

नेपालगञ्ज-२१ बिर्तामा रहेको किसान फिड मिल प्रालिमा रंगरोगन गर्नेक्रममा कम्प्रेसर मेसिन बिस्फोट हुँदा सो मिलमा कार्यरत बाराको कलैया उपमहानगर-१९ का २५ वर्षीय साविराज मियाँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी सुवास खड्काले बताए ।

घटनामा सोही मिलमा कार्यरत मजदुर इसराद्दिन मियाँ र नसरुद्दिन मियाँ घाइते भएका छन् । उनीहरुको नेपालगञ्ज नर्सिङ्ग होममा उपचार भइरहेको खड्काले जानकारी दिए । घटनाबारे थप अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर