ओलीको सत्ताप्रतिको आशक्तिलाई महन्थ समूहले उपयोग गर्‍यो : कांग्रेस नेता महत – Nepal Press

ओलीको सत्ताप्रतिको आशक्तिलाई महन्थ समूहले उपयोग गर्‍यो : कांग्रेस नेता महत

काठमाडौं । कांग्रेस सह-महामन्त्री प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ताप्रतिको आशक्तिलाई महन्थ ठाकुर समूहले अवसरको उपयोग गरेको टिप्पणी गरेका छन् ।

सरकारमा मधेसी नेता जानु पछाडि प्रधानमन्त्री ओली शक्तिमा जसरी पनि रहनुपर्छ भन्ने आशक्तिले काम गरेको आरोप उनले लगाए । पछिल्लो पटक कामचलाउ सरकारले मन्त्रीमण्डल पुर्नगठन गरेर संविधान, कानुन मिचेर म जे पनि गर्न सक्छु भन्ने घमण्ड देखिएको आरोप समेत नेता महतले लगाए ।

मधेशका खास मुद्दालाई थाँति राखेर सरकारमा जाने मधेसी नेताको चरित्र अवसरवादी भएको उनको भनाई छ । कोरोनाभाइरस संक्रमणको जोखिममा आफूविरुद्ध सडकमा कोही आउन नसक्ने र विरोध हुने भएकाले प्रतिनिधि सभापनि विघटन गरेर राष्ट्रपतिको आडमा जे पनि गर्न सकिन्छ भनेर प्रधानमन्त्रीले काम गरिरहेको उनले बताए । प्रधानमन्त्रीको असंवैधानिक कामलाई सर्वोच्चले खारेज गरेर विधि स्थापित गर्ने आफुहरुको विश्वास रहेको पनि नेता महतले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर