हुम्लामा भेटिन थाले लक्षण विनाका कोरोना संक्रमित – Nepal Press

हुम्लामा भेटिन थाले लक्षण विनाका कोरोना संक्रमित

काठमाडौं । हुम्लाका अधिकांश गाउँपालिकामा कोरोनाको लक्षण विनाका संक्रमितहरू देखिन थालेका छन् । दोस्रो लहरपछि यहाँ लक्षण विनाका बिरामी देखिन थालेका हुन् ।

एन्टीजेन विधिबाट परिक्षण गर्दा कोरोना पुष्टि भएपनि दश दिन आइसोलेसनमा बस्दा संक्रमितहरू लक्षण विनाका देखिएका छन् ।संक्रमित पुष्टि भएका जिल्लाका अधिकांश व्यक्तिहरू लक्षण नभएको देखिएको जिल्ला अस्पतालका चिकित्सक टासी आङ्जु लामाले बताए ।

कोरोना भएर आइसेलेसनमा बस्दै आएका सङ्क्रमित नौदेखि दशदिनमा घर फर्किने गरेको र आइसोलेसन अवधिमा उहाँहरुमा कुनै पनि कोरोनाको लक्षण नदेखिएको चिकित्सक लामाले बताए ।

जिल्लाका सात वटै गाउँपालिकामा एन्टीजेन किटबाट एक हजार दुई सय जनाको परिक्षण गर्दा १ सय ७५ जनामा कोरोना पुष्टि भएको थियो । त्यसमा १ सय २४ जनामा लक्षण नदेखिएको उनले बताए ।

कोरोना पुष्टि भएका मध्ये छ जनालाई अक्सिजनको आवश्यकता परेको र १५ जनालाई सामान्य रुघाखोकी, ज्वरो आउने समस्या देखिएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *