कर्णालीमा कांग्रेसका २ मन्त्री सामेल हुँदै – Nepal Press

कर्णालीमा कांग्रेसका २ मन्त्री सामेल हुँदै

सुर्खेत । नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारमा सहभागी हुने निर्णय गरेको छ । संसदीय दलका नेता जीवनबहादुर शाहीको अध्यक्षतामा आज बसेको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

दुई दिनअघि नै मन्त्री बन्ने चर्चासँगै दीनबन्धु श्रेष्ठ र यज्ञबहादुर विसीले सामाजिक संजालमा बधाई पाइसकेका थिए । प्रदेशसभामा कांग्रेसका ६ सांसद छन् ।

जुम्लाका सांसद दीनबन्धु श्रेष्ठले आइतबारदेखि आफूहरू सरकारमा सहभागी हुने बताए । ‘विभिन्न कामहरूले गर्दा सरकारमा सहभागी हुन ढिलाई भइरहेको थियो । आज दलको बैठकबाट हामीले आधिकारिक रूपमा सरकारमा सहभागी हुने निर्णय गरेका छौं ’, उनी भन्छन्, ‘बजेट, नीति तथा कार्यक्रम तयारी गर्नुपर्ने अवस्था आएकाले तत्काल सरकारमा सहभागी हुने निर्णय गरेका हौं ।’

कांग्रेसलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई आफूलाई ६ महिनापछि मुख्यमन्त्री दिनुपर्ने सर्तमा वैशाख ३ मा विश्वासको मत दिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *