मिडिया हाउसलाई प्रेस काउन्सिलको ध्यानाकर्षण- पत्रकारलाई कामबाट नहटाऊ – Nepal Press

मिडिया हाउसलाई प्रेस काउन्सिलको ध्यानाकर्षण- पत्रकारलाई कामबाट नहटाऊ

काठमाडौं । प्रेस काउन्सिल नेपालले कुनै पत्रकारलाई सेवाबाट नहटाउन, कामबाट बञ्चित नगर्न, ऐन, नियमले तोकेबमोजिम तत्काल सेवा–सुविधा उपलव्ध गराउन मिडिया हाउसहरुलाई आग्रह गरेको छ ।

सेवामा पुनःस्थापना नगरिएमा, काममा नलगाइएमा तथा सेवा–सुविधा नदिइएमा काउन्सिलले स्थलगत निरीक्षण गरिने विज्ञप्तिमार्फत जनाएको छ । पत्रकारको समस्या समाधान र अन्य कारबाहीका लागि सम्बन्धित पक्ष र उजुरीकर्तासँग त्रिपक्षीय छलफल गर्नसक्ने भन्दै काउन्सिलले विज्ञप्ति जारी गरेको छ ।

शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ,‘महामारीलाई निहुँ बनाएर कतिपय सञ्चारमाध्यमका सञ्चालक÷लगानीकर्ताले कोरोनाको पहिलो लहरदेखि नै श्रमजीवी पत्रकार ऐन, २०५१ अनुसार पत्रकारलाई तलब नदिएको, कामबाट बञ्चित गराउने गरेको र सेवाबाटै हटाउने गरेको पाइएको छ । यी र यस्तै विषयमा प्रेस काउन्सिल नेपालमा बारम्बार लिखित तथा मौखिक उजुरीहरू आउने गरेका छन् भने कतिपय श्रमजीवी पत्रकारको समूहले प्रत्यक्ष भेटेर काउन्सिलमा यस्ता विषयबारे जानकारी गराएको छ ।’

कोरोनाको दोस्रो लहरपछि अहिलेसम्म देशभरका १९ पत्रकारको निधन भएको छ । नौ सय पत्रकार संक्रमित भएकामा २ सय सक्रिय सङ्क्रमित छन् । ३० जना अस्पताल भर्ना भएका छन् भने ५ जनालाई आइसियू /भेन्टिलेटरमा राखी उपचार भइरहेको छ ।

सञ्चारक्षेत्रमा कोरोनाको बज्रः १९ पत्रकारको मृत्यु, सञ्चारगृहहरू अस्तव्यस्त


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *