स्वास्थ्य सहायता बोकेर अष्ट्रेलियाली रक्षा मन्त्रालयको जहाज काठमाडौंको लागि उड्यो – Nepal Press

स्वास्थ्य सहायता बोकेर अष्ट्रेलियाली रक्षा मन्त्रालयको जहाज काठमाडौंको लागि उड्यो

काठमाडौं । कोभिड-१९ महामारीविरुद्ध अष्ट्रेलियाले नेपाललाई उपलब्ध गराएको स्वास्थ्य सहायता आज नेपाल आइपुग्ने भएको छ ।

अष्ट्रेलियाले नेपालको महामारीविरुद्ध घोषणा गरेको ७ मिलियन अमेरिकी डलर (८ करोड २१ लाख रुपैयाँ) सहयोग प्रतिबद्धता अन्तर्गत रहेर स्वास्थ्य उपकरण काठमाण्डू आइपुग्न लागेको हो ।

अष्ट्रेलियाली रक्षामन्त्री पिटर डटन र प्यासिफिक मामिला हेर्ने अन्तर्राष्ट्रिय विकास मन्त्री जेड सेसेल्जाले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै सो जानकारी दिएका हुन् ।

अष्ट्रेलियाली विदेशमन्त्री म्यारिस पाइनले ट्वीट गर्दै ती स्वास्थ्य सामाग्री आजै काठमाडौं आइपुग्न लागेको जनाएकी छिन् । अष्ट्रेलियाको रक्षा मन्त्रालयको सी–१७ए कलसाइनको एयरक्राफ्ट ती स्वास्थ्य सामाग्री लिएर पर्थबाट काठमाडौंतर्फ उडेको तस्विर समेत उनले सार्वजनिक गरेकी छिन् ।

सोही जहाजले भारत र श्रीलंकामा समेत स्वास्थ्य सामग्री लिएर आउन लागेको हो । सो जहाजमा अक्सिजन उपकरण र अन्य स्वास्थ्य उपकरण संलग्न रहेको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर