कोरोनाबाट न्यायाधीश पौडेलको निधन – Nepal Press

कोरोनाबाट न्यायाधीश पौडेलको निधन

धादिङ । धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको कोरोना संक्रमणबाट निधन भएको छ ।

५५ वर्षीय पौडेलको उपचारका क्रममा शुक्रवार बिहान काठमाडौंको स्टार अस्पतालमा निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

पौडेल २०७६ साउनदेखि जिल्ला अदालत धादिङको न्यायाधीश पदमा कार्यरत थिए । कोरोना संक्रमण भएपछि उनको २० दिनदेखि उपचार भइरहेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर