नागरिकता अध्यादेशविरुद्ध मुद्दाको सुनुवाइ गर्न संवैधानिक इजलास गठन – Nepal Press

नागरिकता अध्यादेशविरुद्ध मुद्दाको सुनुवाइ गर्न संवैधानिक इजलास गठन

काठमाडौं । सरकारले ल्याएको नागरिकता अध्यादेशविरुद्धको रिटको सुनुवाइको लागि सर्वोच्चमा संवैधानिक इजलास गठन गरिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले वरिष्ठताका आधारमा इजलास गठन गरेका हुन् । जबराको अध्यक्षतामा गठित इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा छन् । आज पूर्ण  इजलासमा सुनुवाइको लागि पेसी तोकिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ९ मा नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी थिइन् ।

सो अध्यादेशविरुद्ध अदालतमा ६ वटा रिट दर्ता भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर