पूराना कम्युनिस्ट नेता पूर्वसांसद तामाङको निधन – Nepal Press

पूराना कम्युनिस्ट नेता पूर्वसांसद तामाङको निधन

जनकपुरधाम । पूर्व सांसद एवं कम्यूनिष्ट नेता बिष्णु बहादुर तामाङ (बीएल वाइबा)को निधन भएको छ । सिरहाको कर्जन्हा नगरपालिका ५ घर भएका पूर्व सांसद तामाङको ७८ वर्षको उमेरमा बिहीवार राति निधन भएको हो ।

पूर्व साँसद तामाङ पछिल्लो समय कोरोना संक्रमित भएका थिए । तर उपचारपछि निको भइसकेका बेला सुगरको मात्रा एक्कासी बढेपछि झापाको दमकस्थित आम्दा अस्पतालमा उपचारको क्रममा उनको निधन भएको बताइएको छ ।

गाउँमै दाहसंस्कारका लागि उनको शव ल्याउन लागेको कर्जन्हा ५ का वडाध्यक्ष भुषण खातीले जानकारी दिए । उनका अनुसार उनी २०४८ सालको आम निर्वाचनमा सिरहा क्षेत्र नम्वर ५ बाट तत्कालिन संयुक्त जनमोर्चाबाट निर्वाचित भएका थिए ।

विगत लामो समयसम्म उनी जनमोर्चामै रहेर राजनीति गरे । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिरहाबाट चुनाव लडेपछि उनलाई पार्टीमा भित्र्याएको थिए । गरिब दलित जनताको पक्षमा जहिल्यै खडा हुने उनले सो क्षेत्रमा पकड बनाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर