निषेधाज्ञा केही खुकुलो भएपछि बजारमा मानिसको चहलपहल (तस्बिरहरु) – Nepal Press

निषेधाज्ञा केही खुकुलो भएपछि बजारमा मानिसको चहलपहल (तस्बिरहरु)

काठमाडौं । जिल्ला प्रशासनले काठमाडौं उपत्यकाको निषेधाज्ञा केहि खुकुलो बनाएपछि खाद्यान्न पसल लगायतमा मानिसको चहलपहल बढेको छ ।

गएको एक साता उपत्यकाका तीनै जिल्लामा खाद्यान्न पसलसमेत खोल्न नपाइने गरी निषेधाज्ञा कडा बनाइएको थियो । काेराेना संक्रमितकाे दर उल्लेख्य बढेपछि चेनब्रेकका लागि भन्दै काठमाडौं उपत्यकामा बैशाख १६ गतेदेखि नै निषेज्ञाधा लागू छ ।

जेठ मसान्तसम्म थपिएको निषेधाज्ञामा आजदेखि खाद्यान्न पसलहरु, सुपरमार्केटका ग्रोसरी क्षेत्र विहान ९ बजेसम्म खोल्न पाइने गरी केहि खुकुलो बनाइएको छ ।

उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुबीच बुधबार भएको बैठकबाट केहि खुकुलो पार्ने निर्णय भएको थियो । सोही अनुसार सवारीसाधन मर्मत वर्कसपहरु पनि राती ९ बजेदेखि विहान ९ बजेसम्म सन्चालनमा आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर