राष्ट्रसंघ महासचिवद्वारा शान्ति सेनामा खटिएका सेनानी विष्टलाई प्रशंसा पत्र प्रदान – Nepal Press

राष्ट्रसंघ महासचिवद्वारा शान्ति सेनामा खटिएका सेनानी विष्टलाई प्रशंसा पत्र प्रदान

काठमाडौं । युद्धग्रस्त दक्षिण सुडानको जातिय हिंसालाई रोक्न योगदान दिएको भन्दै राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले त्यहाँ तैनाथ नेपाली सेनाको उच्च प्रशंसा गरेका छन् ।

महासचिवले दक्षिण सुडानमा तैनाथ कालिध्वज गण दशौं डफ्फाका सह-सेनानी विज्ञान विष्टलाई कदरस्वरुप प्रशंसा पत्र समेत प्रदान गरेका छन् ।

जंगी अड्डाद्वारा बिहीबार जारी विज्ञप्तिमा विष्टलाई महासचिव गुटरेसद्वारा लेटर अफ कमन्डेसन प्रदान गरिएको उल्लेख छ । ‘जातिय द्वन्द्वका कारण नरसंहारबाट गुज्रिएको उक्त मुलुकमा यस प्रकारको घटनाको पुनरावृत्ति हुनबाट जोगाउन नेपाली शान्ति सैनिकहरुले पुर्‍याएको योगदानलाई राष्ट्रसंघले उच्च प्रशंसा गरेको छ’ विज्ञप्तिमा उल्लेख छ ।

२०७७ सालको मंसिर १० गते अस्थायी शिविर नजिक दुई जातिका हतियारधारी समूहबीच उत्पन्न जातिय हिंसात्मक झडपमा परिचालन भई बफर जोनको रुपमा कार्य गरि ठूलो जनधनको क्षति हुनुबाट जोगिएको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *