उपत्यकामा २ हजार बढी संक्रमित थपिए, पूर्वी नवलपरासीमा एकैदिन ७७१ जना संक्रमित – Nepal Press

उपत्यकामा २ हजार बढी संक्रमित थपिए, पूर्वी नवलपरासीमा एकैदिन ७७१ जना संक्रमित

काठमाडौं । बिहीवार कोरोनाभाइरस संक्रमण पुष्टि भएकामध्ये सबैभन्दा धेरै काठमाण्डू र नवलपरासी पूर्व जिल्लाका छन्।

काठमाडौं जिल्लामा १,६३० जनासहित भक्तपुरका १२९ जना र ललितपुरका २९८ जना गरी उपत्यकामा २,०५७ जना संक्रमित थपिएका छन्।

नवलपरासी पूर्वमा ७७१ जना संक्रमित थपिएका छन् ।

दुई सयभन्दा बढी संक्रमित थपिएका अन्य जिल्लामा सुनसरी, काभ्रे र कास्की रहेका छन्।

नेपालका ७७ मध्ये ४७ जिल्लामा अहिले ५०० भन्दा धेरै सक्रिय संक्रमित रहेका छन् भने थप १३ जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर