रुपन्देहीमा फेरि लम्बियो निषेधाज्ञा – Nepal Press

रुपन्देहीमा फेरि लम्बियो निषेधाज्ञा

रुपन्देही । रुपन्देहीमा जारी निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्बिएको छ । कोरोना संक्रमणमा कमी आएपनि संक्रमणको जोखिममा कमी नआएकाले निषेधाज्ञा थप्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।

यसअघि प्रशासनले जारी गरेको निषेधाज्ञा आज राति १२ बजेबाट सकिदै थियो । जिल्लामा कोरोना संक्रमणको दर घटे पनि जोखिम कायम रहेकाले निषेधाज्ञाको अवधि थप भएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले बताए ।

आज दिउँसो १ बजे डिसिएमसीको बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो । कोरोना दोस्रोे लहरको कोरोना रोकथाम तथा नियन्त्रणका लागि रुपन्देहीमा बैशाख १६ गतेदेखि निषेधाज्ञा निरन्तर भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *