कोरोनाबाट एक ३५ वर्षीय चिकित्सकको मृत्यु – Nepal Press

कोरोनाबाट एक ३५ वर्षीय चिकित्सकको मृत्यु

रूपन्देही । भैरहवास्थित युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत एक चिकित्सकको कोरोना संक्रमणबाट मृत्यु भएको छ । सो अस्पतालमा कार्यरत कपिलवस्तुका ३५ वर्षीय पशुपति रजौरियाको काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारका क्रममा बुधबार राती मृत्यु भएको हो ।

अस्पतालका प्रशासन प्रमुख शुशिल गुरुङका अनुसार धेरै संक्रमितको ज्यान बचाएका डाक्टर रजौरियाको संक्रमणकै कारण मृत्यु भएको हो । उनले कोरोनाविरूद्वको खोप लगाएका थिएनन् । भर्खरै विवाह गरेका श्रीमान श्रीमति नै कोभिडसंगै लडिरहेका थिए ।

श्रीमति डा. हसिना वानुले कोभिड परास्त गरेपनि डा. रजौरियाले हारेका छन् । उनीहरु दुवै जना भैरहवाको सोही अस्पतालमा कार्यरत थिए । श्रीमति वानु प्रसुती तथा स्त्री रोग विशषज्ञ हुन् । उनीहरुको केही समयअघि मात्रै विवाह भएको थियो ।

छोटो समयमै राम्रो पहिचान बनाईसकेका डा रजौरियाको निधनले यस क्षेत्रका स्वास्थ्यकर्मीहरु स्तब्ध बनेका छन् । निकै राम्रो र लगनशिल डाक्टर गुमाउनु परेकोमा अस्पताल परिवार स्तब्ध रहेको गुरुङले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *