विदेशबाट आउनेलाई क्वारेन्टिनका लागि ७८ होटल तोकिए (सूचीसहित) – Nepal Press

विदेशबाट आउनेलाई क्वारेन्टिनका लागि ७८ होटल तोकिए (सूचीसहित)

काठमाडौं । सरकारले दुई देश (टर्की र कतार) का लागि नियमित उडान खुलाएसँगै विदेशबाट फर्किने यात्रुका लागि नयाँ मापदण्डसहितको ७८ वटा होटललाई क्वारेन्टिन तोकेको छ । पर्यटन विभागले ७ वटा पाँचतारे, ७ वटा चार तारे, २ वटा रिसोर्टसहित नयाँ होटल तोकेको हो । क्वारेन्टिन तोकिएका होटलमा कम्तिमा २० कोठा अनिर्वाय हुनुपर्ने छ ।

यसैगरी सो होटलमा घुमफिर गर्न सक्ने गरी खुला ठाउँ पनि हुनुपर्ने छ । यस्तै, स्वास्थ्यसम्बन्धि मापदण्ड पालनाग गर्नुपर्ने भएकाले होटलभित्र छुट्टै गेट समेत हुनुपर्ने छ । यसैगरी होटलमा सामूहिक रुपमा पहिलाको जसरी खान पाइने छैन् ।

खाना खाने स्थल, बुफे, जिम, साउना, इन्डोर तथा आउटडोर गेम पूर्ण रुपमा बन्द गरिएको हुनुपर्ने छ । सरकारले खाडी मुलुक देश मलेसियाबाट रोजगारी गरी फर्किएकालार्य पाँच दिन र अन्य देशबाट फर्कनेलाई १० दिनको अनिवार्य क्वारेन्टिन बस्नु पर्ने नियम राखेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *