किराना, तरकारी, फलफूल पसल र दूध डेरी बिहान ९ बजेसम्म खुल्न पाउने – Nepal Press

किराना, तरकारी, फलफूल पसल र दूध डेरी बिहान ९ बजेसम्म खुल्न पाउने

काठमाडौं । निषेधाज्ञा अवधिभर काठमाडौं उपत्यकामा बिहान ९ बजेसम्म खाद्य, तरकारी, फलफूल, दूध डेरी, मासु, खानेपानी, ग्याँस पसलहरु र डिपार्टमेन्टल स्टोर खुल्न पाउने भएका छन् ।

बुधबार बसेको उपत्यकाका तीनै जिल्लाका सीडीओहरुको बैठकले जनस्वास्थ्यका मापदण्ड पालना गर्दै ती पसल खुलाउन दिने निर्णय गरेको हो ।

तरकारी तथा फलफुलको थोक बजारमा फुटकर विक्री वितरण नगर्ने निर्णय पनि छ । स्थानीय ढुवानीको हकमा राति ९ बजेदेखि बिहान ९ बजेसम्म मात्र गर्न पाइने भएको छ ।

तोकिएको ठाउँबाहेक अन्य सार्वजनिक स्थलमा तरकारी तथा फलफुल वितरण गर्न रोक लगाउने निर्णय पनि भएको छ ।

बैठकले जेठ मसान्तसम्म निषेधाज्ञा अवधि थप गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर