काठमाडौं उपत्यकाको निषेधाज्ञा जेठ मसान्तसम्म लम्बियो, किराना पसल बिहान ९ बजेसम्म खुल्न पाउने – Nepal Press

काठमाडौं उपत्यकाको निषेधाज्ञा जेठ मसान्तसम्म लम्बियो, किराना पसल बिहान ९ बजेसम्म खुल्न पाउने

काठमाडौं । कोरोनाभाइरस जोखिम न्यूनीकरणका लागि काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञालाई जेठ मसान्तसम्म लम्बाइएको छ ।

बुधबार काठमाडौं, भक्तपुर र ललितपुरका तीनै प्रमुख जिल्ला अधिकारीको बैठकले जेठ ३१ गते मध्यरातसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

उपत्यकामा उल्लेखनीयरुपमा संक्रमण नघटेको र जोखिम कायमै रहेको स्वास्थ्य मन्त्रालयको सुझावको आधारमा निषेधाज्ञा थप्ने निर्णय भएको काठमाडौंका सीडीओ कालिप्रसाद पराजुलीले जानकारी दिए ।

तीनै जिल्ला प्रशासनको निर्णयअनुसार खाद्य, किराना र ग्रोसरी पसलहरु बिहान ९ बजेसम्म स्वास्थ्य मापदण्ड पालना गर्दै खुल्न पाउने भएका छन् । 

यातायात र जनस्वास्थ्यका मापदण्ड पालनाबारे भने पुरानै नियम लागु हुने भएको छ । अत्यावश्यक कामका लागि आवश्यक हुने सवारी साधनलाई जिल्ला प्रशासनको पासको आधारमा संचालन हुन दिइने भएको छ । बैंक तथा वित्तिय संस्थामा भने कडाइ नै कायम रहनेछ ।

अहिलको निषेधाज्ञा विहिबार राती मध्यरातसम्म कायमै रहनेछ । थप गरिएको निषेधाज्ञा र नियम २१ गतेदेखि लागु हुनेछ । असारदेखि संक्रमण र मृत्युदरको आधारमा निषेधाज्ञा खुकुलो बनाउँदै लगिने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर