बेल्जियम र फ्रान्सद्वारा नेपाललाई स्वास्थ्य सहायता प्रदान – Nepal Press

बेल्जियम र फ्रान्सद्वारा नेपाललाई स्वास्थ्य सहायता प्रदान

काठमाडौं । बेल्जियम र फ्रान्सले कोभिड-१९ महामारीविरुद्ध नेपाललाई स्वास्थ्य सहायता उपलब्ध गराएका छन् ।

फ्रान्सले नेपाललाई ५ लाख मास्क, २० हजार २२५ एन्टीजेन टेस्ट किट्स, १२ हजार प्रोटेक्सन ग्लास, १४ रेस्पारेटर्स उपकरण प्रदान गरेको छ ।

त्रिभुवन विमानस्थलमा फ्रान्सेली राजदूत फ्रान्सिस जेभियर लेजरले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई सामग्री प्रदान गरे ।

बेल्जियमले पनि नेपाललाई १ लाख सर्जिकल मास्क र २ हजार नासल अक्सिजन उपकरण उपलब्ध गराएको छ । बेल्जियमको विदेश मन्त्रालयले विज्ञप्ती जारी गर्दै महामारीविरुद्ध आफू नेपालको साथमा रहेको बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर