कर्णालीका मुख्यमन्त्रीले निर्णय सच्याएपछि कांग्रेस सहमत, मन्त्रिपरिषद बैठक आज – Nepal Press

कर्णालीका मुख्यमन्त्रीले निर्णय सच्याएपछि कांग्रेस सहमत, मन्त्रिपरिषद बैठक आज

सुर्खेत । युवा तथा खेलकुद विभागलाई सामाजिक मन्त्रालयबाट झिकेर आन्तरिक तथा कानून मन्त्रालयमा गाभ्ने निर्णयबाट मुख्यमन्त्री महेन्द्रबहादुर शाही पछि हटेपछि कर्णाली पदेश सरकारको विवाद समाधान भएको छ । मुख्यमन्त्रीले आजै मन्त्रिपरिषद बैठकसमेत बोलाएका छन् ।

मुख्यमन्त्रीको यो निर्णयमा सत्ता साझेदार नेपाली का्रग्रेसले चर्को विरोध गरेको थियो । उनको यो निर्णयप्रति नेकपा माओवादी केन्द्रकै सांसादहरु पनि असन्तुष्ट थिए ।

‘यसअघिका मन्त्री नरेश भण्डारीलाई फरक गुटको भन्दै आन्तरिकमा खुम्च्याइएको तर नयाँ मन्त्री ल्याउन विभाग थपिएको भन्ने चर्को विवाद आइरहेको थियो,’ मुख्यमन्त्रीको सचिवालय श्रोत भन्छ, ‘कांग्रेसले पनि सामाजिक विकास मन्त्रालयको विभाग हटाएका कारण चित्त दुखाइरहेको थियो ।’

कांग्रेसले मन्त्री बनाउन दुई जनाको नाम टुंग्याए पनि मन्त्रालयमा विभाग फिर्ता नभएसम्म सरकारमा सहभागी नहुने अडान लिएकै कारण मूख्यमन्त्री आफ्नो निर्णय सच्याउन बाध्य भएका हुन् ।

असार एक गते बजेट ल्याउनैपर्ने बाध्यात्मक अवस्थाका बीचमा कर्णाली प्रदेश सरकारले जेठ २४ गतेसम्म संसद अधिवेशन बोलाउने तयारी गरेको छ । ‘सायद बुधबार नै बस्ने मन्त्रिपरिषदको वैठकले बजेट अधिवेशन बोलाउन प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीसमक्ष सिफारिस गर्नसक्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर