दोस्रो चरणमा साढे ४ सय सशस्त्र प्रहरीलाई कोरोना, साढे ३ सय सक्रिय – Nepal Press

दोस्रो चरणमा साढे ४ सय सशस्त्र प्रहरीलाई कोरोना, साढे ३ सय सक्रिय

काठमाडौं । दोस्रोच चरणरमा सशस्त्र प्रहरी बलका साढे ४ सय जनामा कोरोना संक्रमण भएको छ । मुलुकभरका ७ वटै प्रदेश, उपत्यका र मिसनमा गरेर अहिलेसम्म ४ सय ४८ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको हो ।

जसमध्ये अहिले पनि ३ सय २२ जना सक्रिय संक्रमित रहेका सशस्त्र प्रहरी बलका प्रवक्ता समेत रहेका सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआइजीपी) राजु अर्यालले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार ३६ जना अस्पतालमा, १ सय २४ जना आइसोलेसनमा र १ सय ६२ जना सशस्त्र प्रहरी बलकै व्यारेकको आइसोलेनमा छन् । दोस्रो चरणमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ सय २६ रहेको प्रवक्ता अर्यालले बताए ।

पहिलो र दोस्रो चरणमा गरेर ५ जनाको मृत्यु भइसकेको छ । जसमा काठमाडौं उपत्यका, प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा एक–एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ५ जना नै महिला रहेका छन् । ४ जनाको पहिलो चरणमा मुत्यु भएको हो भने एक जनाको दोस्रो चरणमा मृत्यु भएको छ ।

यस्तै पहिलो र दोस्रो चरणमा गरेर मुलकभरमा २ हजार ५ सय ३५ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण भएकोमा २ हजार २ सय ९ जना संक्रमणमुक्त भइसकेका छन् ।

दुवै चरणमा सात वटै प्रदेश, उपत्यका र मिसनमध्ये सबैभन्दा बढी काठमाडौं उपत्यकामा ९ सय ४६ जनामा कोरोना संक्रमण भएको छ । जसमा ८ सय ४२ जना संक्रमणमुक्त भइसकेका छन् भने १ सय ३ जना सक्रिय संक्रमित छन् ।

दोस्रोमा प्रदेश १ मा ३ सय ५० जना संक्रमित भएकोमा ३ सय ४ जना संक्रमणमुक्त भइसकेका छन् भने ४५ जना सक्रिय संक्रमित छन् । यस्तै प्रदेश २ मा ३ सय ३२ जनामा संक्रमण भएकोमा ३ सय ७ जना संक्रमणमुक्त भइसकेका छन् भने २५ जना सक्रिय संक्रमित छन् ।

सुदूरपश्चिम प्रदेशमा २ सय ८८ जनामा संक्रमण भएकोमा २ सय ३० जना संक्रमणमुक्त भइसकेका छन् भने ५८ जना सक्रिय संक्रमित छन् । कर्णाली प्रदेशमा १ सय ६२ जनामा कोरोना संक्रमण भएकोमा १ सय ३८ जना संक्रमणमुक्त भएका छन् भने २३ जना सक्रिय संक्रमित छन् ।

लुम्बिनी प्रदेशमा १ सय ६१ जनामा संक्रमण भएकोमा १ सय १३ जना संक्रमणमुक्त भइसकेका छन् भने ४७ जना सक्रिय रहेका छन् । बागमती प्रदेशमा १ सय ५२ जनामा कोरोना संक्रमण भएकोमा १ सय ४१ जना संक्रमणमुक्त भइसकेका छन् भने ११ जना सक्रिय संक्रमित छन् ।

गण्डकी प्रदेशमा १ सय २६ जनामा संक्रमण भएकोमा १ सय १५ जना संक्रमणमुक्त भइसकेका छन् भने १० जना सक्रिय संक्रमित छन् । सबैभन्दा कम मिसनमा गएका १९ जनामा कोरोना संक्रमण भएकोमा १९ जना नै संक्रणमुक्त भइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *