सामाजिक सुरक्षा कोषमा ‘खल्ती’बाट पनि योगदान रकम जम्मा गर्न सकिने – Nepal Press

सामाजिक सुरक्षा कोषमा ‘खल्ती’बाट पनि योगदान रकम जम्मा गर्न सकिने

काठमाडौं । अबदेखि सामाजिक सुरक्षा कोषमा योगदान गर्नुपर्ने रकम ‘खल्ती’ मोवाइल एपबाट पनि गर्न सकिने भएको छ । यस अघि कनेक्ट आइपीएस प्रणालीबाट मात्र योगदान गर्न सकिने रकम अबदेखि खल्तीबाट पनि गर्न सकिने व्यवस्था गरिएको सामाजिक सुरक्षा कोषले जनाएको छ ।

कोषले एक सूचना जारी गर्दै खल्तीबाट योगदान गर्ने तरिका पनि सार्वजनिक गरेको छ । रोजगारदाताले योगदान गर्नुपर्ने २० प्रतिशत र र श्रमिकले योगदान गर्नुपर्ने ११ प्रतिशत योगदान रकम हरेक महिनाको १५ गतेभित्र योगदान गरिसक्नुपर्ने कानूनी व्यवस्था रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *