कोरोना निको भएर घर फर्किएका मदनकृष्ण भन्छन् : सरकारले चाँडो खोप बन्दोबस्त गर्नुपर्‍यो – Nepal Press

कोरोना निको भएर घर फर्किएका मदनकृष्ण भन्छन् : सरकारले चाँडो खोप बन्दोबस्त गर्नुपर्‍यो

काठमाडौं । अभिनेता मदनकृष्ण श्रेष्ठ कोरोनाभाइरस संक्रमणबाट मुक्त छन् । उपचारका लागि तीन साता मेडिसिटी अस्पतालमा बिताएका उनी निको भएर घर फर्किएका हुन् ।

सबैको शुभेच्छा, प्रार्थना र आशिर्वादले आफू निको भएका बताउँदै उनले कोरोनारुपी विषलाई मज्जाले पचाएको बताएका छन् । सामाजिक संजालमा उनी लेख्छन्, ‘यहाँहरुको आशिर्वाद लाग्यो मलाई ।’

सरकार कोरोना महामारी नियन्त्रणमा गम्भिर हुनुपर्ने बताउँदै मदनकृष्णले जतिसक्दो जनतालाई खोप उपलब्ध गराउन समेत आग्रह गरेका छन् । ‘सरकारले जतिसक्दो चाँडो खोप बटुलेर जनतालाई सुरक्षित पार्नुपर्छ’ उनले भनेका छन् ।

‘जनता नै नभए कसलाई शासन गर्ने हैन त ?’ उनी लेख्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *