संवैधानिक इजलास स्थगित,२३ गते नयाँ रोष्टरबाट गठन गर्ने प्रधानन्यायाधीशको घोषणा – Nepal Press

संवैधानिक इजलास स्थगित,२३ गते नयाँ रोष्टरबाट गठन गर्ने प्रधानन्यायाधीशको घोषणा

काठमाडौं । दुई वरिष्ठ न्यायाधीश संवैधानिक इजलासबाट बाहिरिएपछि प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ जेठ २३ गतेसम्मलाई स्थगित भएको छ ।

दीपक कार्की र आनन्दमोहन भट्टराईले इजलासबाट बाहिरिने निर्णय सुनाएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले २३ गते नयाँ रोष्टरबाट इजलास गठन गर्ने आदेश सुनाएका हुन् ।

आदेश सुनाउँदै राणाले भने, ‘अब २३ गते पेसी तोक्छु । वरिष्ठबाट रोष्टर बनायर ल्याउँछु । अब चाहिँ पक्ष विपक्ष नहोस् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *