क्रिप्टोकरेन्सीको मूल्य उकालो लाग्दै, १८% ले बढ्यो रिप्पल – Nepal Press

क्रिप्टोकरेन्सीको मूल्य उकालो लाग्दै, १८% ले बढ्यो रिप्पल

काठमाडौं । दुई साताभन्दा अगाडिदेखि निरन्तर ओरालो लागेको क्रिप्टोकरेन्सी मार्केट मंगलबार बिहानैदेखि उकालो लागेको छ । जसको प्रभाव स्वरूप बजारका ठूला क्रिप्टोकरेन्सीहरूको मुल्यमा पछिल्लो २४ घण्टामा उल्लेख्य वृद्धि भएको छ ।

क्रिप्टो डटकमका अनुसार बिट्क्वाइनको मुल्य पछिल्लो २४ घण्टामा ८.२४ प्रतिशतले बढेर ३७ हजार ३०४ अमेरिकी डलर पुगेको छ भने इथेरियम २ हजार ७०७ डलरमा कारोबार भइरहेको छ । इथेरियममा मात्र पछिल्लो २४ घण्टामा १६.६० प्रतिशतले वृद्धि भएको हो ।

त्यस्तै १२.७४ प्रतिशतले बढेको कार्डानो १.७६, १५.०२% ले बढेको बाइनान्स क्वाइन ३५८, १९.३६% ले बढेको रिप्पल १.०७ तथा १८.४४% ले बढेको पोल्काडट २३.११ डलरमा कारकोबार भइरहेको छ ।

युरोप, अमेरिका तथा चीन र भारतसमेत डिजिटल मुद्राको रूपमा मान्यता पाएको क्रिप्टोकरेन्सीको कारोबार नेपालमा भने गैर कानुनी हो । यद्यपि, क्रिप्टोकरेन्सी सम्बन्धी नेपालमा कानुननै नभएको अवस्थामा नेपाल राष्ट्र बैङ्कले जारी गरेको सूचनामा पनि बिट्क्वाइनको मात्रै कारोबार अवैधानिक हुने उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर