एसईई वैकल्पिक विधिबाट गराउन मन्त्रिपरिषद्‍मा प्रस्ताव लैजाने तयारी – Nepal Press

एसईई वैकल्पिक विधिबाट गराउन मन्त्रिपरिषद्‍मा प्रस्ताव लैजाने तयारी

काठमाडौं । शिक्षा मन्त्रालयले यसपालिको कोरोना महामारीले आइपरेको संकटका कारण रोकिएको एसईई परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्न मन्त्रिपरिषद्‍मा प्रस्तावका लैजाने तयारी थालेको छ ।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठका प्रेस सल्लाहकार ईश्वर ढकालले वैकल्पिक विधिबारे अहिले छलफल भइरहेको र छिट्टै प्रस्ताव लैजाने नेपाल प्रेसलाई बताए ।

राष्ट्रिय परीक्षा बोर्डले आन्तरिक मूल्यांकन विधिबाट परीक्षा गर्ने व्यवस्थाका लागि शिक्षा मन्त्रालयसँग अनुमति मागेको थियो । यसकारण स्थगित भएको परीक्षा वैकल्पिक विधिबाट गर्नेबारे छलफल भइरहेको मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए । ‘विभिन्न विकल्पमध्ये सो विकल्पमा माथि छलफल भइरहेको छ । आन्तरिक मूल्यांकनबाट गर्ने कि भन्ने कुरामा जोड दिइएको छ,’ उनले भने ।

अघिल्लो वर्षको मोडालिटीमा स्कूलले पहिलो र दास्रो परीक्षाको मूल्यांकन गरेर प्राप्त अंक राष्ट्रिय परीक्षा बोर्डलाई पठाएको थियो ।

यस वर्षको एसईई परीक्षा जेठ १३ गतेदेखि हुने कार्यतालिका थियो । कोरोना महामारीले गर्दा सबै परीक्षा स्थगित भएपछि एसइई परीक्षा पनि स्थगित भएको थियो ।

जेठ १३ गतेबाट सञ्चालन हुने एसईईका लागि प्रश्नपत्र छपाइको काम यसअघि नै सकिसकेको थियो । ५ लाख १७ हजार विद्यार्थी एसईई परीक्षा दिने तयारीमा छन् ।

भौतिक उपस्थितिमा देशभरका २ हजार १९ केन्द्रमा परीक्षा सञ्चालन हुन नसक्ने बोर्डले यसअघि निष्कर्ष निकालेपछि रोकिएको थियो ।
त्यस्तै कक्षा १२ को परीक्षा जेठ २६ बाट संचालन गर्ने कार्यतालिका थियो । कक्षा १२ मा करिब ४ लाख विद्यार्थी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर