बाँकेमा फेरि लम्बियो निषेधाज्ञा – Nepal Press

बाँकेमा फेरि लम्बियो निषेधाज्ञा

रुपन्देही । बाँके जिल्लामा निषेधाज्ञा एक साता थप गर्ने निर्णय भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललेद्वारा जारी आदेशमा २४ गते राति १२ बजेसम्म निषेधाज्ञालाई निरन्तरता दिइएको छ ।

आदेशमा उपभोग्य बस्तु बिक्री गर्ने पसल खोल्न विहान ७ बजेदेखी १२ सम्मको समय दिएको उल्लेख छ ।

कोभिड–१९ संक्रमण फैलावटको साङ्लो तोड्न र सोको रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन भन्दै वैशाख १३ गतेदेखि बाँकेमा निषेधाज्ञा लगाइएको थियो। नेपालगञ्ज क्षेत्रमा वैशाख ९ गतेदेखि नै निषेधाज्ञा लगाइएको थियो ।

बाँकेमा कोरोना संक्रमणको दर घट्दै गएको छ । स्थानीय प्रशासनले विहान ९ देखि १२ बजेसम्म उपभोग्य बस्तु बिक्री गर्ने पसललाई खोल्ने अनुमति दिएको छ । बाँकेको नरेनापुर लगाएका विभिन्न ठाउँमा कोरोना संक्रमण शुरुदेखी नै फैलिएको थियो । पछिल्ला दिनहरु कोरोना संक्रमण घट्दै गएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *