सरकारकै नेतृत्वको कारण संविधान र गणतन्त्र गुम्ने अवस्था नहोस् : अष्टलक्ष्मी शाक्य (भिडियो) – Nepal Press
वागमती प्रदेशसभा

सरकारकै नेतृत्वको कारण संविधान र गणतन्त्र गुम्ने अवस्था नहोस् : अष्टलक्ष्मी शाक्य (भिडियो)

काठमाडौं । नेकपा एमालेकी स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले संघीयता, लोकतन्त्र र संविधान कमजोर हुँदै गइरहेको टिप्पणी गरेकी छिन् ।

वागमती प्रदेशसभाको प्रि-बजेट छलफलमा बोल्दै शाक्यले भनिन्, ‘यति बेला लोकतन्त्र, संघीयता बलियो हुनुपर्ने तर २०६२/०६३ मा हामीले लडेर ल्याएको लोकतन्त्र, संघीयता र गणतन्त्र कमजोर हुँदैछ।’

उनले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीतिर संकेत गर्दै सत्तामा बसेकाबाट संविधान र गणतन्त्र गुम्ने खतरा रहेको बताइन्। ‘हामीले ल्याएको संविधानलाई अप्ठ्यारो नहोस्,’ शाक्य भन्छिन्, ‘आज त्यो अवस्था छैन । संविधान नै धुजा-धुजा पार्ने स्थिति छ। जनप्रतिनिधिको थलो प्रतिनिधिसभा गुमेको अवस्था छ। सत्तामा बसेकै नेतृत्वकै कारण संविधान र गणतन्त्र गुम्ने अवस्था नहोस् ।’

शाक्यले कोभिड नियन्त्रणमा वागमती प्रदेशलाई उदाहरणीय बनाउनुपर्नेमा जोड दिइन्। ‘कोही पनि अब कोभिडबाट मृत्यु हुने अवस्था नहोस्,’ उनले भनिन्, ‘त्यसका लागि के-के गर्नुपर्ने हो, त्यो गरियोस् । कोभिडलाई नियन्त्रण गर्न वागमती प्रदेश उदारणीय होस् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर