निरन्तर ओरालो लाग्दै बिट्क्वाइन, १ हजार प्रतिशतले बढ्यो दुबई क्वाइन – Nepal Press

निरन्तर ओरालो लाग्दै बिट्क्वाइन, १ हजार प्रतिशतले बढ्यो दुबई क्वाइन

काठमाडौं । बिट्क्वाइनसँगै इथेरियम, कार्डानो, डोजक्वाइनलगायतका अन्य क्रिप्टोकरेन्सीहरूको मूल्य लगातार ओरालो लागेको छ । लगातार ओरालो लागेको क्रिप्टोकरेन्सी बजारमा केही साना क्वाइनले भने फाइदा कमाएका छन् ।
दुबई क्वाइन मात्रै पछिल्लो २४ घण्टामा १,००० प्रतिशत भन्दा धेरैले बढेको छ । तर, क्रिप्टोकरेन्सीमा सबैभन्दा धेरै लगानी भएको  बिट्क्वाइन पछिल्लो २४ घण्टामा ४.८४ प्रतिशतले घटेर ३३ हजार ४९० अमेरिकी डलरसम्म पुगेको छ ।
त्यस्तै इथेरियमको मुल्य २ हजार ३३६ अमेरिकी डलरमा झरेको छ । कार्डानो १.५४ डलर तथा डोजक्वाइन ३० सेन्ट प्रतिक्वाइनमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *