‘बजेट स्वागत योग्य, तर कार्यान्वयन हुन सक्दैन’ – Nepal Press

‘बजेट स्वागत योग्य, तर कार्यान्वयन हुन सक्दैन’

जनकपुरधाम । प्रदेश २ नीति आयोगका उपाध्यक्ष भोगेन्द्र झाले सरकारले अध्यादेशमार्फत ल्याएको बजेट समग्रमा स्वागतयोग्य भए पनि कार्यान्वयन हुन नसक्ने प्रतिक्रिया दिएका छन् ।

नेपाल प्रेससँग संक्षिप्त कुराकानी गर्दै उनले भने, ‘धेरै महत्वकांक्षी योजनाहरु ल्याएको छ । जुन कार्यान्वयन गर्न ठूलो चुनौती छ ।’ यो चुनावी सरकार भएकाले अहिले ल्याएको धेरै महत्वकांक्षी योजनाहरु अलपत्र पर्ने उनको भनाई छ ।

‘संसद पुर्नस्थापना भएन र कात्तिकमा चुनाव भयो भने मंसिरमा नयाँ सरकार बन्छ,’ उनले भने, ‘त्यसपछि योजनाहरु त्यतिकै रहिहाल्छ ।’
कोभिडका कारण रोजगारी गुमाएका मजदुरको समस्या समाधान गर्ने योजना पनि बजेटमा सम्बोधन नगरेको उनको गुनासो छ ।

‘कोभिडलाई लक्षित गरी स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको र व्यवसायीहरुलाई विभिन्न सहुलियत दिने योजना ल्याउनु राम्रो हो,’ उनले भने, ‘तर गरिब जनताका लागि राहत प्याकेज खोइ ? यो सरकारको त्रुटी हो ।’

‘भोकमरीबाट गरिबलाई बचाउन विशेष राहत प्याकेज आउनु पर्थ्या,’ उनले थपे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर