पुनर्निर्माणको बाँकी काम सम्पन्न गर्नका लागि ३३ अर्ब ५५ करोड बजेट विनियोजन – Nepal Press

पुनर्निर्माणको बाँकी काम सम्पन्न गर्नका लागि ३३ अर्ब ५५ करोड बजेट विनियोजन

काठमाडौं । सिंहदरबार तथा धरहराको प्रवलीकरणका समेत गरी पुर्ननिर्माणको कामका लागि ३३ अर्ब ५५ करोड रुपयाँ बजेट विनियोजन गरिएको छ ।

भुकम्पपछिको पुनर्निर्माणको कार्यलाई अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरी विश्वसामु प्रस्तुत गरिने भएको छ । भावी पुस्तालाई भुकम्प सम्वन्धि ज्ञान दिलाउनका लागि भुकम्पन संग्राहलयको निर्माण गरिने बजेट मार्फत उल्लेख गरिएको छ ।

आगामी आर्थिक वर्ष थप १३हजार ७ विद्यालयका १४ हजार १५५ कक्षा कोठा , १० ५ स्वास्थ्य संस्था, १९६ सांस्कृतिक सम्पदा र ३६ सरकारी भवनको निर्माण सम्पन्न गरिने लक्ष्य राखिएको छ ।

भुकम्पबाट क्षतिग्रस्त राष्ट्रपति भवन , हरीहर भवन , कसरमहल त्रिचन्द्र कलेज लगायतका भवनको पुनर्निर्माण आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । त्यस्तै आगामी आर्थिक वर्ष ३९ स्थानमा एकिकृत वस्ती निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

आगामी आर्थिक वर्षको पुस मासान्तपछि भुकम्प पुनर्निर्माणको काम सम्वन्धित बिषयगत मन्त्रालयलाई हस्तान्तरण गरिने बजेटमा उल्लेख गरिएको छ ।


प्रतिक्रिया

One thought on “पुनर्निर्माणको बाँकी काम सम्पन्न गर्नका लागि ३३ अर्ब ५५ करोड बजेट विनियोजन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर