बालविकास केन्द्रका शिक्षक र कर्मचारीको तलव १५ हजार पुग्यो – Nepal Press

बालविकास केन्द्रका शिक्षक र कर्मचारीको तलव १५ हजार पुग्यो

काठमाडौं । सरकारले प्रारम्भिक बालविकास केन्द्रका शिक्षिका र कर्मचारीको मासिक तलव १५ हजार पुर्‍याएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ का लागि बजेट प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् ।

हाल उपलब्ध गराउँदै आएको मासिक पारिश्रमिक वृद्धि गरिएको भन्दै उनले न्यूनतमभन्दा कम रकम सम्वन्धी स्थानीय उपलब्ध गराउने बताए ।

सरकारले बालबालिकाको दिवा खाजाका लागि ८ अर्ब ७३ करोड रुपैयाँ छुट्याएको पनि उनले जानकारी दिए । सरकारले आधारभूत तहमा विद्यार्थी भर्नादर यस वर्ष सतप्रतिशत पुर्‍याउने लक्ष्य लिएको उनले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर