व्यवसाय पुनरुत्थानलाई १४ अर्बको बजेट – Nepal Press

व्यवसाय पुनरुत्थानलाई १४ अर्बको बजेट

काठमाडौं । सरकारले व्यवसाय पुनरुत्थानको लागि १४ अर्बको बजेट छुट्याएको छ ।

आर्थिक वर्ष २०७८/ ८९ को बजेट मार्फत कोभिड–१९ प्रभावित उद्योग व्यवसायीहरुलाई व्यवसायिक पुनरुत्थान लागि को लागि १४ अर्ब रुपैयाँ बजेट छुट्याएको छ ।

ब्याजमा सहुलियता, पुर्नकर्जाका साथै व्यवसायिक उत्थानका लागि उक्त रकम छुट्याइएको हो । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।

कोरोनाले थला परेको उद्योगहरुलाई ५ प्रतिशतमा दिइरहेको कर्जालाई सरकारले निरन्तरता दिने भएको छ । युवा उद्योगीलाई स्टार्टपअ उद्योग सञ्चालन गर्न २५ लाख रुपैयाँ १ प्रतिशत व्याजमा दिने भएको छ ।

कारोनाको कारणले थला परेको पर्यटन, चलचित्र उद्योग, जिम, सञ्चार गृहले नविकरण गर्दा नविकरण शुल्क छुट पाउने भएका छन् । नयाँ दर्ताका लागि पनि विना शुल्क नै हुने व्यवस्था गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर