भारत नेपालमा हस्तक्षेपबिनै ‘इन्गेज’ हुनुपर्छ : श्यामशरण – Nepal Press

भारत नेपालमा हस्तक्षेपबिनै ‘इन्गेज’ हुनुपर्छ : श्यामशरण

काठमाडौं । भारतीय पूर्वविदेश सचिव श्याम शरणले हस्तक्षेप बिनै भारत नेपालको राजनीतिमा ‘इन्गेज’ हुनुपर्ने बताएका छन् ।

इन्डियन एक्सप्रेसको शनिबारिय संस्करणमा प्रकाशित बिचारमा उनले भारत नेपाली राजनीतिमा इन्गेज नहुँदा अन्य शक्तिले खेल्ने मौका पाउने धारणा व्यक्त गरेका छन् ।

‘यसो गर्दा भारतको चासो पनि सुरक्षित हुन्छ । यदि भारतले हात झिक्ने हो भने अन्य बाह्य प्रभावले खेल्ने ठाउँ पाउनेछ’ उनले लेखेका छन्, ‘नेपालमा राजनीतिक अस्थिरता हुनु भनेको भारतका लागि राम्रो समाचार होइन किनभने हामीसँग नेपालको लामो र खुला सीमा छ ।’

इन्गेजमेन्टलाई हस्तक्षेप (इन्टरभेन)को रुपमा बुझ्न नहुने धारणा श्याम शरणको छ । भारतले बुझेरै नेपालको वर्तमान राजनीतिक घटनाक्रममा मौनता साँधेको बताउँदै उनले यो सहि कदम भएको उनको विश्लेषण छ ।

तर, यो मौनता भारतको हितको पक्षमा हुनुपर्ने श्यामशरणको तर्क छ । सन् २००२/२००४ सम्म आफू नेपालको लागि राजदूत हुँदा र पछिल्लोपटक २००४ देखि २००६ सम्म विदेश सचिव हुँदा नेपालको मामिलाबाट केही पाठ सिकेको समेत श्यामशरणले उल्लेख गरेका छन् ।

भारत नेपालको राजनीतिक वृत्त र अन्य क्षेत्रसँग पनि इन्गेजमा हुनुपर्ने बताउँदै श्यामशरणले यसो गर्न सकेमात्र भारतीय चासो र स्वार्थ सुरक्षित हुने उल्लेख गरेका छन् ।

नेपाली र भारतीय नागरिक तहको सम्बन्ध अतुलनीय रहेको बताउँदै उनले यो सम्बन्धलाई अझै सुदृढ तुल्याउनुपर्ने धारणा राखेका छन् ।


प्रतिक्रिया

One thought on “भारत नेपालमा हस्तक्षेपबिनै ‘इन्गेज’ हुनुपर्छ : श्यामशरण

Leave a Reply to tek bdr thapa Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर