मे २९ लाई न्यूयोर्कमा नेपाली अमेरिकी हेरिटेज डेको रुपमा मनाइने, सांसद जेनिफरले संसदमा गरेकी थिइन् प्रस्ताव – Nepal Press

मे २९ लाई न्यूयोर्कमा नेपाली अमेरिकी हेरिटेज डेको रुपमा मनाइने, सांसद जेनिफरले संसदमा गरेकी थिइन् प्रस्ताव

न्यूयोर्क । अमेरिकाको न्यूयोर्क राज्यमा अबदेखि मे २९ लाई नेपाली अमेरिकन हेरिटेज डे का रुपमा मनाइने भएको छ । गतसाता न्यूयोर्कको राज्य संसदबाट यससम्बन्धी रिजोलुसन पारित गरेको छ ।

यो रिज्योलुशनलाई गतसाता संसदको क्यालेण्डरमा चढाइएको थियो । न्यूयोर्कको संसदमा संसद जेफिनर राजकुमारले उक्त रिजोलुसन स्पोन्सर गरेकी थिइन् ।

उनले न्युयोर्क राज्य संसदमा डिस्ट्रिक्ट ३८ बाट प्रतिनिधित्व गर्छिन् । उक्त क्षेत्र क्वीन्सको ग्लेनडेल, ओजन पार्क, रिचमण्ड हिल, रिजउड, उडह्याभन लगायत पर्छन् ।

प्रस्तावको सह-स्पोन्सर चाहिँ राज्य सांसद जेफ्रियन ओब्रीले गरेका थिए । उनले न्युयोर्क राज्य संसदमा नेपालीहरुको समेत बाक्लो बसोबास रहेको क्षेत्र डिस्ट्रिक्ट–३५ को एल्महस्र्ट, ज्याक्सनहाइट, कोरोना, लेफ्राकसिटी, उडसाइडको लगायतको प्रतिनिधित्व गर्छन् ।

मे २९ मा नेपालमा २४० बर्ष पुरानो राजतन्त्रको अन्त्य भएर गणतन्त्र घोषणा भएको दिन भएको र नेपाली पात्रो अनुशार यो दिन जेष्ठ १५ मा पर्ने समेत संसदद्वारा रिजोलुसनमा पारित उल्लेख छ ।

साथै, सन् २००६ मा १० बर्ष लामो सशष्त्र युद्धको समाप्ती र सन् २०१५ मा महाभूकम्प हुँदै नेपाल संघीय गणतन्त्रमा प्रवेश गरेको विषयलाई पनि रिजोलुसनमा समेटिएको छ ।

न्युयोर्क राज्यमा ६७ प्रतिशत नेपालीहरुको बसोबास रहेको र ८७ प्रतिशत न्युयोर्कबासी नेपालीहरु क्वीन्स थलोमा बस्ने रिज्योलुसनमा उल्लेख छ ।

मे २९ को मितिमा सर एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सन् १९५३ मा सगरमाथा आरोहण गरेको बार्षिकी समेत रहेको जनाइएको छ । त्यहाँ भनिएको छ- नेपाल सुन्दर हिमालका लागि परिचित रहेको छ भने सगरमाथाको महान विश्वब्यापी महत्व छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर