उज्ज्वल थापाको सम्पूर्ण उपचार खर्च व्यहोर्ने दुर्गा प्रसाईको घोषणा – Nepal Press

उज्ज्वल थापाको सम्पूर्ण उपचार खर्च व्यहोर्ने दुर्गा प्रसाईको घोषणा

काठमाडौं । बीएण्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईले विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको औषधी उपचारलगायत सम्पूर्ण उपचार खर्च व्यहोर्ने घोषणा गरेका छन् ।

कोरोना संक्रमणबाट गम्भीर बिरामी परेपछि मेडिसिटी अस्पतालमा उपचाररत थापाको उपचारमा लागेको सबै खर्च बीएण्डसी मेडिकल कलेजले व्यहोर्ने प्रसाईले घोषणा गरेका हुन् ।

शनिबार विज्ञप्ति जारी गर्दै प्रसाईले विवेकशील साझा पार्टीले उपचारमा आर्थिक सहयोगका लागि अपिल गरेकोमा सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक अभियन्ता थापाको उपचार खर्च प्रदान गर्ने बताएका हुन् ।

उनले उपचार खर्चमा लाग्ने रकमको लागि सम्पर्क व्यक्ति प्रमेश गिरीको मोबाइल नम्बरसमेत विज्ञप्तिमै उल्लेख गरेका छन् ।


प्रतिक्रिया

One thought on “उज्ज्वल थापाको सम्पूर्ण उपचार खर्च व्यहोर्ने दुर्गा प्रसाईको घोषणा

  1. बोली मा नजाऊ । वहा असल नागरिक हो, समय समय मा प्रमाणित भएको छ ।

Leave a Reply to Lok Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर