पोखरा महानगरले बनायो १० दिनमै १०० बेडको कोभिड अस्पताल – Nepal Press

पोखरा महानगरले बनायो १० दिनमै १०० बेडको कोभिड अस्पताल

पोखरा । पोखरा पोखरा महानगरपालिकाले १० दिनको अवधिमा १ सय बेड क्षमताको कोभिड अस्पताल बनाएको छ । साविक लेखनाथ नगरपालिकाको भवनमा महानगरले कोभिड अस्पताल बनाएको हो ।

अस्पताल उद्घाटन गर्दै महानगर प्रमुख मानबहादुर जिसीले मंगलबारसम्ममा कोभिड बिरामीको उपचार सुरु हुने बताए । उनले सोमबारसम्ममा अक्सिजन पाइप लगायत अन्य उपकरण राख्ने र मंगलबारदेखि नै उपचार सुरु हुने जानकारी दिए ।

‘मंगलबारदेखि यहाँ पीसिआर र भिडियो एक्सरेसहितको हुने छ,’ उनले भने, ’२३ वटा अक्सिजनसहितको सिलिन्डरको व्यवस्था भइसकेको छ । नगारिकलाई हामी ढुक्क बनाउदै सेवा सञ्चालन गर्छौं ।’

महानगरले उक्त अस्पताल लायन्स क्लबसँगको सहकार्यमा बनाएको हो । विभिन्न स्वास्थ्य चौकीमा र सहरी स्वास्थ्य केन्द्र गरी महानगरमा विभिन्न ७ सय जना स्वास्थ्यकर्मी छन । तिनै स्वास्थ्यकर्मीलाई आलोपालो गरी तत्काललाई अस्पताल सञ्चालन गरिने मेयर जिसीले बताए ।

पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले नागरिकको जीवन रक्षाका लागि महानगरले प्रयास गरिरहेको बताइन् । उनले भनिन्, ‘महानगर नागरिकको जीवन रक्षामा कटिबद्ध छ । अब बेड अभावमा कसैले पनि ज्यान गुमाउनुपर्ने अवस्था रहँदैन ।’


प्रतिक्रिया

One thought on “पोखरा महानगरले बनायो १० दिनमै १०० बेडको कोभिड अस्पताल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर