कमल थापाको दावी–संसद पुनःस्थापना भए पनि ओली नै प्रधानमन्त्री – Nepal Press

कमल थापाको दावी–संसद पुनःस्थापना भए पनि ओली नै प्रधानमन्त्री

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले अदालतबाट संसद पुनःस्थापना भए फेरि पनि केपी ओली नै प्रधानमन्त्री हुने भन्दै निर्वाचनको विकल्प नरहेको दोहोर्याएका छन् । थापाले चुनाव छाडेर अदालत जानेहरु नै ओलीलाई निरन्तरता दिने बाटोमा रहेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरबाट थापाले संसदीय गणितले ओलीलाई नै पुनःस्थापना भए पनि प्रधानमन्त्री बनाउने दावी गरेका छन् । थापा भन्छन्– ,ओलीले देश वर्वाद पारे भनेर विरोध गर्नेहरू नै ओलीलाई निरन्तरता दिने बाटोमा छन् । चुनाव छाडेर अदालत जानेले बुझ्नुपर्छ, संसद पुनर्स्थापना भएमा पुनस्ओली नै प्रम हुन्छन् । यो भविष्यवाणी होईन,संसदीय गणितले त्यहि भन्छ ।


प्रतिक्रिया

One thought on “कमल थापाको दावी–संसद पुनःस्थापना भए पनि ओली नै प्रधानमन्त्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर