सुदूरपश्चिमका नवनियुक्त मन्त्रीले लिए सपथ – Nepal Press

सुदूरपश्चिमका नवनियुक्त मन्त्रीले लिए सपथ

कैलाली । सुदूरपश्चिम सरकारमा नवनियुक्त चार मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

नवनियुक्त सामाजिक विकासमन्त्री लालबहादुर खड्का, आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारी र उद्योग वन तथा वातावरणमन्त्री मानबहादुर धामीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।

त्यस्तै राज्यमन्त्रीहरु चुनकुमारी चौधरी, मनाकुमारी साउद, अर्चना गहतराज र मानबहादुर सुनारले पनि सपथ ग्रहण गरेका छन् । उनीहरुलाई प्रदेश प्रमुखले सपथ खुवाएका हुन् ।

प्रदेशका सरकार मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रबार सरकार पुनर्गठन गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर