अवैध क्रियाकलापमा संलग्न ६ जना नियन्त्रणमा लिएर निकुञ्ज प्रशासनकाे जिम्मा – Nepal Press

अवैध क्रियाकलापमा संलग्न ६ जना नियन्त्रणमा लिएर निकुञ्ज प्रशासनकाे जिम्मा

काठमाडौं । नेपाली सेनाले मुलकका विभिन्न ठाउँमा अवैध काम गरिरहेको अवस्थामा ६ जनालाई नियन्त्रणमा लिएर निकुञ्ज प्रशासनकाे जिम्मा लगाएकाे छ । काठमाडौं, मकवानपुर र बझाङ गरी ३ ठाउँका निकुञ्ज क्षेत्रमा अवैध काम गर्ने ६ जना व्यक्तिलाई सेनाले पक्राउ गरेर निकुञ्ज प्रशासनलाई बुझाएको हो ।

जसमा बिहिबार बझाङको खफत८ छान्‍ना गाउँपालिका ५ स्थित घोडादाउन्‍ना पाटन निकुञ्‍जको क्षेत्रमा अवैध रुपमा जडीबुटी संकलन गरिरहेका ४ जना व्यक्तिलाई सतुवा काँचो ३५ किलो, वन लसुन कााचो ८ किलो र गदाल्नो काँचो साढे १ किलो जडीबुटी सहित पक्राउ गरी निकुञ्‍ज प्रशासन कार्यालयमा बुझाएको छ । प्रकृति संरक्षण कार्यलाई प्रभावकारी बनाउन र निकुञ्जमा हुने अवैध चोरी शिकारीलाई नियन्त्रण गर्नक लागि खप्तड राष्ट्रिय निकुञ्‍जको सुरक्षार्थ तैनाथ सिंह शार्दुल गुल्मको पट्रोल टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।

त्यस्तै, काठमाडौंको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्‍जको क्षेत्रभित्र पर्ने चिलाउनेबाट १५ किलो बदेलको मासु सहित काठमाण्डौ जिल्ला गोकर्णेश्वर नगरपालिका १ चिलाउनेका ५० वर्षका धन बहादुर तामाङलाई बा २९ प १५७९ नम्बरको मोटरसाईकलमा सुन्दरीजलतर्फ जादै गरेको अवस्थामा पक्राउ गरिएको हो । निकुञ्जको सुरक्षामा तैनाथ दि फेमस महिन्द्रदल गण अन्तर्गतमा संचालन भइरहेको ‘अपरेशन महाहण्ट ७’ मा खटिएको नेपाली सेनाको सुरक्षा गुल्म सुन्दरीजल र सुरक्षा पोष्ट मुलखर्कको संयुक्त टोली र निकुञ्‍ज प्रशासन सहितको टोलीले उनलाई पक्राउ गरेको नेपाली सेनाले जनाएको छ । पक्राउ परेका व्यक्तिलाई सुरक्षार्थ खटिएको टोलीले नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि निकुञ्ज प्रशासन कार्यालयमा बुझाइएको छ ।

र मकवानपुरको मनहरी गाउँपालिका ३ तल्लो सुकौरामा अवस्थित कमेरो खोल्सा र फरिन खोल्साको वन जंगलमा रुख विरुवा कटान गरी खनजोत गरेर बाली लगाउने र छाप्रो बनाई निकुञ्जको जंगल अतिक्रमण गर्ने स्थानीय ६३ वर्षका रामलाल थिङ्गलाई पक्राउ गरेर सेनाले निकुञ्ज प्रशासन कार्यालयमा बुझाएको छ । पर्सा राष्ट्रिय निकुञ्‍जको सुरक्षार्थ तैनाथ सिद्धिबक्‍स गणको सुरक्षा पोष्ट चकरी र निकुञ्‍ज प्रशासन सहितको संयुक्त टोलीले उनलाई बुधबार पक्राउ गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *