वागमती संसदीय दलको बैठकमा माधव पक्ष पनि सहभागी, सरकारलाई सुझाव दिन कार्यदल गठन – Nepal Press

वागमती संसदीय दलको बैठकमा माधव पक्ष पनि सहभागी, सरकारलाई सुझाव दिन कार्यदल गठन

काठमाडौं । नेकपा एमाले वागमती प्रदेश संसदीय दलको बैठकमा माधव नेपाल पक्षका सांसदहरु पनि सहभागी भएका छन् । काठमाडौंमा सपन्न बैठकले प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट सन्तुलित र जनमुखी ल्याउनका लागि सुझाव दिन कार्यदल गठन गरेको छ ।

कार्यदलमा राजेन्द्र पाण्डे,अरुण नेपाल, कैलाश ढुंगेल,रामेश्वर फुयाल, केशव पाण्डे, नारायण सिलवाल, दिपक निरौला र रमा आलेमगर छन् ।

यसले सरकारलाई नीति तथा कार्यक्रम र बजेटको बारेमा पार्टीको एकताबद्ध धारणा प्रस्तुत गर्ने प्रमुख सचेतक निरौलाले बताए । उनले बैठकमा केन्द्रमा पार्टीमा समस्या देखिए पनि प्रदेशमा एकजुट भएर अघि बढ्नेबारे छलफल भएको बताए ।

बैठकमा माधव नेपाल पक्षीय नेता अष्टमलक्ष्मी शाक्य लगायतले पार्टी विभाजन रोक्न आ–आफ्नो तहबाट पहल गर्न आग्रह गरेका छन् । केही दिनअघि बसेको संसदीय बोर्डको बैठकले शाक्य लगायत १४ जना माधव पक्षीय सांसदलाई राष्ट्रियसभा निर्वाचनमा पार्टीको उम्मेदवारलाई मत नदिएको भन्दै स्पष्टीकरण माग गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *