अमेरिका र चीनबाट एक करोड डोज खोप खरिद गर्ने तयारी, भारतसँग १७ लाख डोज खोप माग – Nepal Press

अमेरिका र चीनबाट एक करोड डोज खोप खरिद गर्ने तयारी, भारतसँग १७ लाख डोज खोप माग

काठमाडौंं । सरकारले चीन र अमेरिकाबाट कोभिड-१९ विरुद्धको खोप खरिद गर्ने प्रक्रिया अघि बढाएको छ ।

शुक्रबार स्वास्थ्य पत्रकार मंचले आयोजना गरेको भर्चुअल सम्मेलनमा बोल्दै परराष्ट्र मन्त्री ज्ञवालीले उक्त जानकारी दिएका हुन् । एक हप्ताभित्र यसबारे टुंगो लाग्ने जानकारी उनले दिए ।

चीनको सिनोफार्मसँग पहिलो चरणमा ५० लाख र अमेरिकी खोप उत्पादन कम्पनी जोन्सन एन्ड जोन्सन कम्पनीबाट ५० लाख डोज खोप खरिद प्रक्रिया अघि बढाइएको जानकारी समेत मन्त्री ज्ञवालीले दिए ।

यो वर्षभित्रै लक्षित वर्गलाई खोप लगाउने गरि सरकार अघि बढेको जानकारी उनले दिए । सरकार चीन र अमेरिकाबाट खोप खरिदका लागि केन्द्रित भएको उनले जनाए ।

खोप खरिद प्रक्रियामा दुबै मुलुकका सरकार तथा खोप निर्माता कम्पनीसँग सीधै प्रक्रिया अघि बढाउने जानकारी मन्त्री ज्ञवालीले दिए । उनका अनुसार भारतबाट १७ लाख डोज खोप माग गरिएको उच्च तहमा कुरा गरिएको मन्त्री ज्ञवालीले जनाए ।

भारतबाट खोप नआउने परिस्थितीमा जर्मनी, बेलायत र अमेरिकासँग पत्राचार भएको जानकारी पनि उनले दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर