स्वास्थ्यकर्मीमाथि भएको आक्रमणप्रति राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त – Nepal Press

स्वास्थ्यकर्मीमाथि भएको आक्रमणप्रति राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त

काठमाडौं । बाँकेको भेरी अस्पतालमा स्वस्थ्यकर्मीमाथी आक्रमण भएको घटनाप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले दुःख व्यक्त गरेकी छन् । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत दुःख व्यक्त गरेकी हुन् ।

उनले लेखेकी छन्, आफ्नो र परिवारको जीवन जोखिममा राखेुर कोभिड–१९ का बिरामीको उपचारमा संलग्न भेरी अस्पतालका चिकित्सक तथा नर्सप्रति दुव्र्यवहार हुनु खेदजनक छ । दुःख परेका बेला भावनात्मक उत्तेजना हुन सक्छ । यस विषम परिस्थिततिमा संयम र धैर्य अपनाउँदै यो महामारीलाई परास्त गर्नु हामी सबैको साझाँ दायित्व हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर