वृद्धिदर बाहेकका परिसूचकहरु सकारात्मक रहेको सरकारको दावी – Nepal Press

वृद्धिदर बाहेकका परिसूचकहरु सकारात्मक रहेको सरकारको दावी

काठमाडौं । सरकारले कोभिड १९ को महामारीका बाबजुद वृद्धिदरबाहेकका अर्थतन्त्रका परिसूचकहरु सकारात्मक रहेको दावी गरेको छ ।

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले फागुनसम्म अर्थतन्त्र राम्रो दिशामा रहेको तर कोरोनाको दोस्रो लहरले पुन प्रभावित बनाएको बताए ।
आर्थिक सर्भेक्षण २०७७÷७८ सम्वन्धि प्रतिवेदन सार्वजनिक गर्दै पौडेलले आर्थिक वृद्धिको लक्ष्य भेट्न चुनौतिपूर्ण रहेको स्वीकार गरे ।

सरकारले चालु आर्थिक वर्षमा ७ प्रतिशतको वृद्धिदर हासिल गर्ने अनुमान गरेको थियो । तर, अर्थतन्त्रले सोचेअनुसार गति लिन नसकेपछि ४।१ प्रतिशतको संसोधित अनुमान गरिएको थियो । तर, त्यो पनि अहिले चुनौतिपूर्ण बनेको छ ।

आर्थिक वृद्धिदरबाहेकका परिसूचक भने सकारात्मक रहेको अर्थमन्त्रालयले जनाएको छ । यो अवधिमा राष्ट्रिय आय ११९६ डलर पुगेको अर्थमन्त्री पौडेलले जानकारी दिएका छन् जुन अघिल्लो वर्षभन्दा बढी हो ।

यस्तै राष्टिय खर्च योग्य आम्दानी १४८६ डलर पुगेको छ । मुद्रास्फिति नियन्त्रणमा रहेको र रेमिट्यान्स आप्रवाह ८।६ प्रतिशतले बढेको मन्त्रालयले जनाएको छ । आयात–निर्यात अवस्था पनि सन्तुलनमा रहेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *