दाङमा निषेधाज्ञा २५ गतेसम्म थपियो – Nepal Press

दाङमा निषेधाज्ञा २५ गतेसम्म थपियो

दाङ । यहाँको निषेधाज्ञा आगामी २५ गतेसम्म थपिएको छ ।

यसअघिको निर्णय अनुसार आजराती १२ बजेपछि निषेधाज्ञा सकिदै थियो ।

कोरोनाको चेन ब्रेक गर्न निषेधाज्ञा २५ गतेसम्म थपिएको प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले जानकारी दिए ।

प्रजिअ पौडेलका अनुसार किनमेल गर्न दैनिकी बिहान ६ देखि ८ बजे सम्म पसल खोलिने छ । बैंक अघिकै बार अनुसार बिहान १० देखि दिउँसो २ बजे सम्म खुल्ने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर